• २०८३ बैशाख ११ गते शुक्रवार

तारकेश्वरको लामबगरमा आइचरमा बस ठोक्कियो, तिन जनाको मृत्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १५, काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिका–८ लामबगरमा तीव्र गतिमा चलेको बस आइचरमा ठोक्किँदा तिन जनाको मृत्यु भएको । शनिबार बिहान काभ्रेस्थलीबाट सुन्धारातर्फ जार्दै गरेको बा ४ ख ६१११ नम्बरको बस रोकिराखेको आइचरमा ठोक्किएको हो। बसमा अत्यधिक मात्रामा यात्रु रहेका थिए।

क्षमता भन्दा बढी यात्रु बोकेर आएको उक्त बस तीव्र गतिमा रहेको र रोकेर राखेको बा ३ क १६६६ आइचरमा झुन्डिएर आएका सहचालक र एक यात्रु ठोक्किएका हुन् । प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा एक जना अर्कै बसको चालक र एक जना सोही बसको सहचालक तथा अर्की महिला रहेका छन । मृतक सवैको सनाखत हुन बांकी रहेको छ ।

उक्त क्षेत्रमा यहिँ वर्ष अन्य तीन वटा सवारी दुर्घटना भएको भन्दै सत्यतत्य छानबिन गर्न स्थानीयको माग छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस