वैशाख १८, काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाएको हो ।

हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर ७ (सात) ले वृद्धि भएकाे छ । निगमका अनुसार पेट्रोल र एल. पि. ग्यासको बिक्री मूल्य यावत रहेको छ ।उक्त नयाँ मूल्य बुधबार बिहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलको मूल्यमा घटेर तथा हवाई इन्धनको मूल्य बढेर आएको थियो ।
