• २०८३ बैशाख ४ गते शुक्रवार

राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री सहभागी हुने

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १२, काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन्।

आज दिउँसो सवा १२ बजे समितिको बैठक बस्दै छ। यो समितिको ४१ औँ बैठक हो। सिंहदरबारमा बस्ने समितिको बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी हुने उहाँको सचिवालयले जनाएको छ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने कार्यसूची छ।

Sharing

प्रतिक्रिया दिनुहोस