• २०८३ बैशाख २६ गते शनिवार

सादा पोशाकमा प्रहरीलाई परिचालन नगर्न गृहमन्त्री लामिछानेको निर्देशन

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १५, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीलाई सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सादा पोशाकमा परिचालन हुने .(घुमुवा) प्रहरी गैर व्यवसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि गृहमन्त्री लामिछानेले यस्तो निर्देशन दिएको हुन् ।

गृहमन्त्रीको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले आज सादा पोशाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन निर्देशन गरेको छ। उक्त कार्यालय तथा मातहत समेतबाट हाल परिचालन गरिएका सादा पोशाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिई उनीहरुको काम, कारबाहीकोसमेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउ आग्रह गरिएको हो ।

प्रहरी प्रधान कार्यालयले जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली दुई घण्टाभित्रै पठाउन पनि मातहतका निकायलाई निर्देशन गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस