• २०८३ मङ्सिर ७ गते आइतवार

वाफ च्याम्पियनसिप: लेबनानविरुद्ध २–१ को जित निकाल्दै नेपाल फाइनलमा प्रवेश

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६, काठमाडौँ । लेबनानविरुद्ध २–१ को जित निकाल्दै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रङ्गशालामा भएको खेलमा नेपाल २–१ ले विजयी भएको हो ।

नेपालको जितमा सावित्रा भण्डारी र प्रीति राईले गोल गरे । त्यसअघि नेपालकै पूजा रानाबाट भएको आत्मघाती गोलबाट लेबनानले अग्रता बनाएको थियो । ३८औँ मिनेटमा पूजाले ‘ब्याक पास’ दिएको बलमा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा चनाखो नरहँदा नेपालले गोल व्यहोरेको थियो ।

तर, ७६औँ मिनेटमा सावित्रा भण्डारीको गोलमा नेपाल लयमा फर्कियो । इन्जुरी समयको अन्तिम मिनेटमा प्रीति राईले उत्कृष्ट गोल गरेपछि नेपालले २–१ को रोमाञ्चक जित निकाल्दै फाइनल यात्रा तय गरेको हो ।

नेपालले अब उपाधिका लागि जोर्डनसँग खेल्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस