• २०८३ भाद्र १५ गते सोमवार

सर्वोच्चका दुई न्यायाधीश सिफारिश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ११, काठमाडौं ।  न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको छ । शुक्रबार बसेको न्याय परिषद्को बैठकले सर्वोच्चमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।

न्याय परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको छ ।

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका पाण्डे गृहमन्त्री रमेश लेखकका साडु भाई हुन् । उनी उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए ।

नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावलीको संशोधन गैर संवैधानिक रहेको भन्दै उक्त संशोधन खारेज नगरी न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि नबढाउन दवाद दिँदै विरोध गरिरहेका बेला परिषदले न्यायाधीश सिफारिश गरेको छ ।त्यस्तै बहराइनको यो जितपछि ३ खेलमा ६ अंक भएको छ र समुह बी मा तेस्रो स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस