• २०८३ मङ्सिर ५ गते शुक्रवार

एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १०, काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-५ रतनकोटबाट एकनाले भरूवा बन्दुकसहित सोही ठाउँ बस्ने ५० वर्षीय बेम कङगेरा लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट सुनखानीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक बोकी हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस