• २०८३ असोज १४ गते बुधवार

एकीकृत समाजवादी पदाधिकारी निर्वाचन: मत गणना सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १०, काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि भएको मतदान सकिएसँगै मतगणना सुरु भएको छ। मंगलबार साँझ १७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयनका लागि मतदान भएको थियो ।

वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् । पार्टीका शीर्ष नेता घनेन्द्र बस्नेतले उम्मेदारी फिर्ता लिनु भएपछि पाण्डे निर्विरोध निर्वाचित भएका हुन् ।

यसअघि दशौँ महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिव चयन भएपनि बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन हुन सकेको थिएन।

Sharing

प्रतिक्रिया दिनुहोस