• २०८३ बैशाख ४ गते शुक्रवार

केपी ओली कप फुटबल च्याम्पियनसिप : आयोजकलाई हराउँदै जावलाखेल सेमिफाइनलमा

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १५, काठमाडौं । आयोजक टिमलाई हराउँदै जावलाखेल युथ क्लब केपी ओली कप फुटबल च्याम्पियनसिपमा सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजक केपी ओली फुटबल क्लबलाई २–१ गोल अन्तले हराउँदै जावलाखेल अन्तिम ४ मा प्रवेश गरेको हो ।

अब फाइनल प्रवेशका लागि जावलाखेलले न्युरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ । थ्री स्टारलाई हराउँदै एनआरटी यसअघिनै सेमिफाइनल पुगिसकेको छ । खेलमा अग्रता जावलाखेल युथ क्लबले ३९ औं मिनेटमा निराजन धामीको गोलमा लिएको थियो । खेल सकिन ९ मिनेट अघि निरज चौधरीले गोल गर्दै जावलाखेललाई २–० ले अघि बढाएका थिए । खेलको ८४ औं मिनेटमा अडामा डोम्बियाले आयोजक टिमका लागि एक गोल फर्काएपनि टोलीका हार टार्न सकेनन् ।

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा दुई विदेशी सहित १० टिम सहभागी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस