• २०८३ जेष्ठ २९ गते शुक्रवार

जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १५, झापा। शिबसताक्षी नगरपालिका-११ नहरचोक बस्ने ४७ वर्षीय चेतन दुलालको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा दुलाल समेत १२ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

दुलालको घरमा जुवा खेलाउने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ६५ रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस