• २०८३ बैशाख २५ गते शुक्रवार

टी–२० अन्तर्राष्ट्रिय शृङ्खला : नेपालविरुद्ध नामिबियाले पहिले ब्याटिङ गर्ने

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १५, काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाली टोलीले नामिबियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार नामिबियाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिता खेल्न आएका दुई टोली नामिबिया र नेदरल्यान्ड्ससँग टी–२० शृङ्खला खेल्न लागेको हो । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृङ्खला खेल्न लागिएको हो ।

नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स पनि आगामी जुन १ देखि २९ तारिखसमम सञ्चालन हुने टी–२० विश्वकपमा छनोट भएका छन् । त्यसैले मंगलबारदेखि सुरु हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाले यी तीनवटै राष्ट्रलाई सहयोग पुग्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस