• २०८३ बैशाख ७ गते सोमवार

बाइसधारा नजिक दुई मोटरसाइकल ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १०, काठमाडौं । काठमाडौ महानगरपालिका वडा न-१६ बाइसधारा नजिक दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बा ५४ प ५३८७ मोटरसाईकलका चालक तार्केश्वर नगरपालिका वडा न ३ घर भएका केदार ढकाल रहेका छन ।

मृतक ढकालले चलाएको मोटरसाइकल र काभ्रे जिल्ला रोशी गाउपालिका वडा न १ घर भई तार्केश्वर नगरपालिका नेपालटार बस्दै आएका चालक दशराज परियारले चलाएको बाग्मती प्रदेश ०२(०५१ प ५५१६ को २२० सिसिको पल्चर मोटरसाइकल एक आपसमा जुधेर दुर्घटना भएको हो ।

मोटरसाइकल चालक दशराज परियार र बाईकमा सवार सुरज नेपाली सामान्य घाइते भएका छन् भन्ने मृत्यु भएको चालकको बाइकमा सवार रहेकी ढकालको छोरी बालाजु सिल्भर अस्पताल उपचार भईरहेको र उनको अवस्था सामान्य रहेको छ ।

केदार ढकालको शवलाई परीक्षणका लागि पठाईएको र मोटरसाइकल चालक दशराज परियारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस