• २०८३ जेष्ठ ३१ गते आइतवार

बाँके जिल्ला प्रहरी प्रमुख तुल बहादुर कार्कीको कमान्डमा लाखौं अबैध कपडाहरु पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ११, काठमाडौँ ।  नेपालगन्ज ०२ बागेश्वरी मन्दिर स्थित भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको बेबारिसे अबस्थामा रहेको सामान कुर्ता सुरुवाल, बच्चाको सुट,टीसर्ट , काचो कपडा लगाउने समेत गरि अन्दाजी मुल्य ६,५७,०५०।– (छ लाख सन्ताउन्न हजार पचास) बराबरको सामान फेला पारी प्रहरीले बरामद गरेको हो।

उक्त बरामदका सामानहरु आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको जिल्ला प्रहरी प्रमुख तुल बहादुर कार्कीले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस