फागुन १४, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेका छन् । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेता महतोले लोसपा परित्याग गरेको घोषणा गरेका हुन् ।

उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान पनि घोषणा गरेका छन् । अभियानमार्फत वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै उनले बहुल राष्ट्रिय राज्य स्थापनाको एजेण्डामा सहमत भए आफ्नो पूर्व पार्टी लोसपा पनि यसमा आउनसक्ने बताए । ‘यो अभियान हो, यसले पार्टीको रुप ग्रहण गरिसकेको छैन’ महतोले भने, ‘यससँग विचार मिल्ने जो सुकै जोडिनसक्छन् ।’
महतो यसअघि लोसपका वरिष्ठ नेता थिए।