• २०८३ असार ५ गते शुक्रवार

भारतले आज ७५ औं गणतन्त्र दिवस मनाउँदै

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १२, काठमाडौं । भारतले आज ७५ औं गणतन्त्र दिवस मनाउँदै छ। दिवसका अवसरमा विभिन्न औपचारिक कार्यक्रमको आयोजना गरिएको छ। भारतले यो वर्ष दिवसको कार्यक्रमका लागि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँलाई प्रमुख अतिथि बनाएको छ। उनी बिहीबार मात्रै भारत पुगेका थिए।

यस वर्षको गणतन्त्र दिवसको नारा ‘विकसित भारत’ र ‘भारत-लोकतन्त्रको जननी’ रहेको छ। भारतमा हरेक वर्ष २६ जनवरीका दिन यो दिवस मनाइन्छ। सन् १९५० जनवरी २६ मा भारतको संविधान लागू भएको थियो।

ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा भारतभरी तथा उसका दूतावास भएका देशमा यो दिवस मनाउने गरिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस