• २०८३ बैशाख २९ गते मङ्गलवार

रसिया पठाईदिन्छु भन्दै ६ लाख ठगी गर्ने एक जना पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३, काठमाडौं । रसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ परेका खोटाङ हलेसी तुवाचुङ नगरपालिका ४ घर भई हाल जिल्ला काठमाडाैं नागअर्जन -१ रानीबन बस्ने ३० वर्षीयको सयन्द्र राई रहेका छन् ।

उनले रसिया प्रतिष्ठित कृषि कम्पनीमा काम लगाइदिने आश्वासन दिएर शेर बहादुर तुम्बापोसँग ६ लाख पचास हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस