• २०८३ बैशाख ७ गते सोमवार

सिरहामा हत्या गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ९, सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-६ बस्ने १९ वर्षीय राजकुमार सदाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय जोगिन सदालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जोगिनले विवादको क्रममा बियरको बोतल र लठ्ठी प्रहार गर्दा राजकुमारको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस