माघ १०, काठमाडौं । काठमाडौं महानगरपालिका-७ सिफल डेरा गरी बस्ने तनँहु घर भएकी ५४ वर्षीया रूक्मा थापाको कोठामा जुवातास खेलिरहेको अवस्थामा थापा समेत १० जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९३ हजार २ सय रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।