• २०८३ बैशाख ४ गते शुक्रवार

निकोलस भुसालविरुद्ध म्याद थप गर्न अदालतको अस्वीकार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ८, काठमाडौं । कास्की जिल्ला अदालतले अभियन्ता निकोलस भुसालविरुद्ध म्याद थप गर्न अस्वीकार गरेको छ । कास्की प्रहरीले उनलाई म्याद थपका लागि सोमबार अदालतमा उपस्थित गराएपनि न्यायाधीश नवराज दाहालको इजलासले म्याद थप गर्न अस्वीकार गरेको हो ।

अदालतले हिरासत बाहिरै राखेर उनीमाथि अनुसन्धान गर्न आदेश दिएसँगै भुसाललाई छाडिएको कास्की प्रहरीका एक अधिकृतले जानकारी दिए । रास्वपाका सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोपमा उनी आइतबार काठमाडौँबाट पक्राउ परेका थिए ।

काठमाडौँबाट उनलाई सोमबार पोखरा लगिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस