• २०८३ असोज १ गते बिहिवार

भक्तपुरको बालकोटमा बाबुछोरा मृत अवस्थामा भेटिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ८, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोटको एकघरमा बाबुछोरा मृत अवस्थामा भेटिएका छन् । मृत भेटिनेमा खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविन रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी ढुण्डीराज न्यौपानेले उज्यालाेलाई जानकारी दिनुभयो ।

दुई फरक कोठामा बाबुछोराको शव भेटिएको उहाँले बताउनुभयो । दुई वटा ढोका बाहिरबाट ताला लगाएको अवस्थामा बाबुछोराको शव भेटिएको हो । दुवै जनाको शरीरमा चोटपटक लागेको हुँदा हत्या भएको हुन सक्ने प्रहरीको आशङ्का छ । घटना बारे अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस