• २०८३ बैशाख ५ गते शनिवार

बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट
कात्तिक ६, काठमाडौं । सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ । सरकारले प्रतिमृतक रु दुई लाख प्रदान गरेको हो ।
गृह मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका परिवारलाई राहतस्वरुप पाँच करोड प्रदान गरिएको छ । बाढीपहिरोमा परी दुई सय ३८ जनाले ज्यान गुमाएका थिए । एक सय ७७ जना घाइते भएका छन्भने १८ जनाको अवस्था अझै अज्ञात छ । पीडित परिवारलाई आर्थिक सहायता प्र्रदान गर्ने क्रम जारी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस