• २०८३ बैशाख १९ गते शनिवार

भीम रावलको प्रश्न- के मन्त्री र अरूका लागि फरक-फरक कानून छ ?

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, काठमाडौं । नेकपा एमाले नेता भीम रावलले मन्त्री र अरुका लागि फरक फरक कानुन हुन्छ भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमार्फत नेता रावलले गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानुन विपरित दुई नागरिकता र दुई राहदानी हुदा कारवाही नगर्ने तर कैलाश सिरोहियालाई नागरिकतामा विवरण फरक परेको भन्दै कार्यकक्षबाट पक्रिने भन्दै प्रश्न गरेका हुन् ।

उनले भनेका छन्- गृहमन्त्री रवि लामिछानेसंग नेपालको कानून विपरीत विदेशको समेत गरी दुई नागरिकता र राहादानी हुँदा केही कार्वाई नगर्ने तर कैलाश सिरोहियालाई दुइटा नागरिकतामा ‘विवरण फरक परेको’भनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लिने! के मन्त्री र अरूका लागि फरक-फरक कानून छ ? कानूनी राज्यको उपहास !

Sharing

प्रतिक्रिया दिनुहोस