• २०८३ बैशाख २८ गते सोमवार

त्रिविको २०औं उपकुलपतिमा बराल

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १०, काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका २०आ उपकुलपतिमा पोखरा विश्वविद्यालयका पुर्व उपकुलपति केशरजंग बराल नियुक्त हुनुभएको छ । कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा गठित ३ सदस्यीय समितिले २ नम्बरमा सिफारिस गरेको प्राडा बराललाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो ।

उपकुलपति बराल पहिलो पटक खुला प्रतिस्पर्धाबाट नियुक्त हुनुभएको हो । समितिले सिफारिस गरेको ४ दिनपछि कुलपति दाहालले उनलाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो ।

कुलपति दाहालले सिफारिस समितिमा सिफारिस भएका १४ जनाको नम्बर चढाएकाे आधार अध्ययन गरेर दुई नम्बरका बराललाई नियुक्त गर्नुभएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस