• २०८३ बैशाख ८ गते मङ्गलवार

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममाथि मधेशको सहज जित

खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ ८, काठमाडौं । मयान यादवको शतकको सहयोगमा सुदूरपश्चिम प्रदेशमाथि मधेश प्रदेशले सहज जित हात पारेको छ । सोमबार भएको खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८० रनले हराएको हो ।

त्रिवि क्रिकेट मैदानमा मधेशले दिएको ३२० रनको लक्ष्य पछ्याएको सुदूरले ४४ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै २३९ रन बनायो । सुदूरका लागि नरेश भट्टले १२१ रनको शतकीय पारी खेले । १२२ बल खेलेका उनले १३ चौका र १ छक्का प्रहार गरे । त्यस्तै नारायण जोशीले २६ रन बनाउँदा किरण ठगुन्ना २० र नरेन साउदले १८ रनको योगदान गरे ।

मधेशका लागि राजेश यादव र प्रदिप पासवानले तीन–तीन विकेट लिए । त्यस्तै रन्जित कुमारले दुई विकेट लिँदा हरिशंकर शाह र पवन सर्राफले एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१९ रन बनाएको थियो ।

मधेशका लागि मयानले ११५ रनको शतकीय पारी खेले । १२८ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे । त्यस्तै अनिल शाह र पवन सर्राफले अर्धशतकीय पारी खेल । अनिलले ६९ रनको अर्धशतकीय पारी खेले । ७० बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे । पवनले ७० रनको अर्धशतकीय पारी खेले । उनले ६३ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।

सुदूरका लागि शेर मल्लले चार विकेट लिए । त्यस्तै विकास अगरीले दुई विकेट लिँदा नरायण जोशी र गजेन्द्र बोहराले एक–एक विकेट लिए ।

https://khabar24nepal.com/2024/22/01/161058/

Sharing

प्रतिक्रिया दिनुहोस