• २०८३ असार २ गते मङ्गलवार

एमाले प्रतिनिधिमण्डल स्वदेश फिर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, काठमाडौं । नेकपा (एमाले) को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमण गरी स्वदेश फिर्ता भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको प्रतिनिधिमण्डल आज स्वदेश फिर्ता भएको हो । प्रतिनिधिमण्डल गत कात्तिक २७ गते चीन गएको थियो ।

प्रतिनिधिमण्डल चीनको नानजिङमा भएको ‘दोस्रो ग्लोबल साउथ थिन्क ट्र्याङ्क फोरम’ कार्यक्रममा सहभागी हुनुका साथै चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुसँग भेटवार्तासमेत गरेको एमाले विदेश विभागका सदस्य दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै प्रतिनिधिमण्डलले चीनका जाङ्सु, उहान, बेइजिङलगायत ठाउँमा भएका विभिन्न कार्यक्रममा पनि सहभागिता जनाएको थियो । प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्षसहित पार्टीका सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीलगायत हुनुहुन्थ्यो ।

Sharing

प्रतिक्रिया दिनुहोस