कात्तिक ५, बाँके । नेपालगन्जमा प्रहरीले भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको सामान पक्राउ गरेको छ । प्रहरीले कुर्ता सुरुवाल, स्वेटर र दुवानीमा प्रयोग गरिएको गाडीको समेत पक्राउ गरेको हो ।

प्रहरीले अन्दाजी मुल्य नौ लाख उनाईस हजार चार सय पचास बराबरको सामान बरामद गरेको हो ।
प्रहरीले लत्ताकपडा, गाडी र दुवानीमा संलग्न दुई जना मानिस सहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको जिल्ला प्रहरी प्रमुख तुल बहादुर कार्कीले जानकारी दिनुभयो ।