माघ ७, काठमाडौं । संघीय प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिका सभापतिहरूसँग सभामुख देवराज घिमिरेले छलफल थालेका छन्। सिहंदरबारस्थित आफ्नो कार्यकक्षमा १० वटा समितिका सभापतिहरुसँग सभामुखले छलफल गरिरहेको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए।

बैठकमा संसदको हिउँदे अधिवेशन बोलाउने तयारी भइरहँदा त्यसलाई प्रभावकारी बनाउने, संवैधानिक परिषद्, विद्यालय शिक्षा, टिआरसीलगायत महत्वपूर्ण विधेयकहरूबारे छलफल भैरहेको छ ।