• २०८३ जेष्ठ २१ गते बिहिवार

आर्मीले चन्द्रपुरलाई १० गाेलले हरायाे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ४, काठमाडौं । एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले राैतहटकाे चन्द्रपुर नगरपालिकालाई हराएकाे छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको दाेस्राे खेलमा आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई १०–० गोलले हराएको छ ।

पहिलो हाफमा ५ गोल गरेको आर्मीले दोस्रो हाफमा थप ५ गोल गर्‍याे । आर्मीकी चन्द्रा भण्डारी र अमिशा कार्कीले ह्याट्रिक गरिन् । यस्तै हिमा चौधरी, दीपा शाही, अञ्जना राना मगर र शर्मिला थापा मगरले समान १ गोल गरे ।

यो जीतसँगै आर्मी ७ खेलमा १६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । चन्द्रपुर ७ खेलमा ७ अङ्कसहित छैटौं स्थानमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस