• २०८३ जेष्ठ ७ गते बिहिवार

नारायणगढ- मुग्लिङ सडकमा बस र ट्याङ्कर ठोक्किए, १६ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ५,चितवन । चितवनको भरतपुर महानगरपालिका २९ स्थित नारायणगढ मुग्लिङ सडकखण्डमा बस र तेलको ट्याङ्कर ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन् । शनिबार अपराह्न ३ बजेको समयमा सडकखण्ड अन्तर्गतको भतेरी भन्ने स्थानमा बस र तेलको ट्याङ्कर एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

नारायणगढबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस, सोही दिशाबाट जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल ट्याङ्करको पछाडि ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस