• २०८३ असार ९ गते मङ्गलवार

प्रधानमन्त्री कप क्रिकेट : कर्णालीमाथि मधेशको जित

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले कर्णाली प्रदेशमाथि सहज जित निकालेको छ । शनिबार भएको खेलमा मधेशले कर्णालीमाथि ६१ रनको जित निकालेको हो ।

त्रिवि क्रिकेट मैदानमा मधेशले दिएको २३२ रनको लक्ष्य पछ्याएको कर्णालीले ४१ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै १७० रन बनायो । कर्णालीका लागि अर्जुन घर्तीले ५८ रनको अर्धशतकीय पारी खेले । १०५ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै दिनेश अधिकारीले ३३ रन बनाउँदा विपिन शाहीले ३१ रनको योगदान गरे । मधेशका लागि राजेश यादवले तीन विकेट लिए । त्यस्तै प्रदिव पासवानले दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले हरीशंकर शाह र मयान यादवको अर्धशतकको सहयोगमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँद २३१ रन बनायोको थियो ।

मधेशका लागि हरिशंकर र मयानले समान ५०–५० रन बनाए । त्यस्तै अनिल शाहले ४४ रन बनाउँदा अविशेक तिवारीले ३४ रनको योगदान गरे । कर्णालीका लागि दिपेन्द्र रावतले ४ विकेट लिँदा अनुज चुनाराले दुई विकेट लिए ।

Sharing

प्रतिक्रिया दिनुहोस