• २०८३ बैशाख १४ गते सोमवार

यू-१९ विश्वकप : आयरल्यान्डको विजयी सुरुवात

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६, काठमाडौं । आईसीसी यू-१९ विश्वकप २०२४ मा आयरल्यान्डले विजयी सुरुवात गरेकाे छ । शुक्रबार राति सकिएको खेलमा आयरल्यान्डले अमेरिकालाई ७ विकेटले हरायो ।

१०६ रनको सामान्य लक्ष्य आयरल्यान्डले २२.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । आयरल्यान्डको जितमा रयान हन्टरले ६३ बलमा ५ चौकासहित सर्वाधिक ५०, केन हिल्टन र फिलिफुस ले रक्सले २३-२३ रन बनाए । अमेरिकाका अर्या गर्गले सर्वाधिक दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका ४०.२ ओभरमा १०५ रनमा अल आउट भएको थियो । अमेरिकाका खुश भलालाले सर्वाधिक २२ रन बनाएका थिए । आयरल्यान्डका रुवेन विल्सन र ओलीभर रिलेले ३-३ विकेट लिए ।

आज यू-१९ विश्वकपमा बंगलादेशले भारतसँग, इंग्ल्यान्डले स्कटल्यान्ड र अफगानिस्तानले पाकिस्तानसँग खेल्नेछ । सबै खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ बजे सुरु हुनेछन् । नेपालले भने आइतबार न्युजिल्यान्डसँग खेल्नेछ । नेपालको समूह डी मा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस