• २०८३ बैशाख २१ गते सोमवार

खेतमा जमेको पानीमा डुबेको अवस्थामा एक एकजनाको शव फेला

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ४, सिरहा । सिरहाको गोलबजारमा खेतमा जमेको पानीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । गोलबजार नगरपालिका वडा न- ८ सिडियोटोल नजिकै रहेको खेतमा जमेको पानीमा सोही गाउँका ६० वर्षीय मनोज थापाको शव फेला परेको हो ।

बुधवार राती देखि हराएको थापाको शव आज उनकै घरदेखी करिव सय मिटरको दुरिमा खेतमा जमेको पानीमा फेला परेको प्रहरिले जनाएको छ ।

शव लाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस