• २०८३ जेष्ठ २१ गते बिहिवार

गिती कबिता : आँखा खोलेर देश हितको बारेमा

गोबिन्द राज ओझा (राजन) पढ्न लाग्ने समय : १ मिनेट

आँखा खोलेर देश हितको बारेमा केही कुरा बोल
आँखा खोलेर देश हितको बारेमा केही कुरा बोल

देशको सबै भू-भागको रक्षाको लागि सबै नेपाली एक हुनुपर्छ
जनताको हक हितको सुरक्षाका लागि प्रतिबद्ध हुनु पर्छ
आफ्ना कर्तव्यहरू इमानदारीपूर्वक पुरा गर्नु छ
देश विकासको लागि सबैले छलफल गर्नुपर्छ

सत्तामा बसेर के गर्छौ देशको बारेमा सोच्ने गर
यो देश सधैँ बाचिरहोस् मनै बाट कामना गर
व्यक्तिगत स्वार्थ बाट माथि उठेर देशको बारेमा सोच्नुपर्छ
स्वाधीन र सार्वभौम देश नेपाल सबैले चिन्नुपर्छ

सरकारले जनताको मन मनमा बस्न सक्नुपर्छ
देशको सबै भू-भागको रक्षाको लागि सबै नेपाली एक हुनुपर्छ
देश विकासको लागि सबैले छलफल गर्नुपर्छ
अब सच्चा देशभक्त बनेर देखाउनु पर्छ

गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

Sharing

प्रतिक्रिया दिनुहोस