• २०८३ असोज ७ गते बुधवार

यू–१९ विश्वकप क्रिकेट आजदेखि सुरु हुँदै

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ५, काठमाडौं । आइसीसी यू- १९ विश्वकप आजदेखि सुरु हुँदै छ। विश्वकपको पहिलो खेलमा आज आयरल्यान्ड र अमेरिका तथा दक्षिण अफ्रिका र वेस्ट इन्डिज खेल्दै छन्। दुवै खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुने छन्।

दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपालसहित १६ देशले भाग लिदै छन्। यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ। यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन्।

नेपालले विश्वकपमा पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्नेछ। यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस