• २०८३ जेष्ठ २३ गते शनिवार

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदाै २, काठमाडौँ । काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगर बस्ने उदयपुर ताप्ली गाउँपालिका-१ घर भएका ५० वर्षीय उद्दव राज हमालको कोठामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१२ घर भएका ४१ वर्षीय बद्री पौडेल समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार ७ सय २५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको   हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस