(महेन्द्र सिंह ) २०८१/०५/०२ नेपालगन्ज बाँकेको राप्तीसोनारीमा दुुई युवामाथि हतियार प्रहार भएको छ । हतियार प्रहारबाट बैजनाथ ७ बस्ने २८ बर्षिय सुलभ मल्ल र राप्ती सोनारी २ बस्ने २८ बर्षिय सन्दीप बिष्ट घाइते भएका छन ।
घाइतेहरु दुवैको अबस्था गम्भीर रहेको छ । थप उपचारका लागी भारत लखनऊ लगिएको छ ।घर जाने क्रममा केही युवाहरुको समुहले मोटरसाइकल बाटोमा रोकेर खुकुरी प्रहार गरेको बताइएको छ। खुकुरी प्रहार गरेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख तुल बहादुर कार्कीले जनाएको छ ।