• २०८३ भाद्र २० गते शनिवार

सर्वोच्च अदालत परिसरबाट हतियारसहित दुर्गा प्रसाईंका ‘बडीगार्ड’ पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ५, काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना निजी सुरक्षाकर्मी (बडिगार्ड) लाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्कालाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकालले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार उनीहरुलाई सर्वोच्च अदालतबाट प्रहरीले पक्राउ गरेको हो । सर्वोच्च अदालतमा कार्यरत प्रहरीले पक्राउ गरेर उनीहरुलाई काठमाडौँ प्रहरी परिसर समक्ष बुझाएको हाे । उनीहरु हतियारसहित सर्वोच्च प्रवेश गर्न खोज्दा पक्राउ परेका हुन् ।

सर्वोच्चका प्रवक्ता वेदनारायण उप्रेतीले हतियारसहित अदालतमा प्रवेश गर्न नपाइने बताए । सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ । खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति हुन् । प्रहरीले उनको साथबाट एउटा बन्दुक पनि बरामद गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस