• २०८३ बैशाख १० गते बिहिवार

हत्या गरेको आरोपमा दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ५, काठमाडौं ।  नवलपरासी पश्चिममा दुई जनाको हत्या गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासी घर भएका २९ वर्षीय अजयकुमार धरिकार र २० वर्षीय चन्दन हरिजन छन् ।

उनीहरुले फागुन १ मा बर्दघाट सुस्ता पश्चिम मर्चहवास्थित गण्डक बाँधको जग्गामा कुटेर हजुरबुवा र नातिको हत्या गरेको आरोप छ । ७० वर्षीय अक्षय चमार र निजको नाति १२ वर्षका गौचरण चमारलाई उनीहरूले धारिलो हतियार प्रहार गरेर हत्या गरेका प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई पक्राउ गरेको हो ।

चन्दन हरिजनले मापसे गरेर छिमेकीको मोटरसाइकलमा ठक्कर दिएको विषयमा झगडा हुँदा बदला लिन खोजेका उनीहरूले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । झगडियालाई लामो समय कुर्दा पनि नआएपछि योजना परिवर्तन गरेर उनैलाई फसाउन सकिन्छ भनेर उनीहरुले हजुरबुवा र नातिलाई हत्या गरेर फरार भएका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस