चैत ५, काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परराष्ट्र मामलाका सम्बन्धमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताएका छन् ।आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय हितलाई सर्वोपरि राख्ने गरी परराष्ट्र नीति अवलम्बन नगरिए गम्भीर चुनौती आउने बताए ।

बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री श्रेष्ठले स्वतन्त्र परराष्ट्र नीति र दक्ष र कुशल कूटनीतिबाट सरकार पछि नहट्ने भन्दै त्यसका लागि सरोकारवाला सबैको साथ आवश्यक रहेको पनि बताए ।
‘दुई छिमेकीसँगको सम्बन्धलाई प्राथमिकता, सबै विश्वका मित्रहरूसँग मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारहरूसँग पनि सहभागितामूलक सुसम्बन्धका आधारमा हाम्रो परराष्ट्र नीति सञ्चालित हुने र अघि बढ्नेछौ’, मन्त्री श्रेष्ठको भनाइ छ ।