• २०८३ बैशाख २५ गते शुक्रवार

दुई समिति सभापतिद्वारा शपथ ग्रहण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ५, काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका दुई विषयगत समिति सभापतिले पद तथा गोपनियताको शपथ लिएका छन् । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गोल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समिति कमला पन्तले सोमबार बिहान शपथ लिएका हुन् ।

उनीहरुलाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शपथ खुवाएका हुन् । दुवै समितिको सभापतिमा एकएक जनाको मात्रै उम्मेद्वारी परेपछि शेर्पा र पन्त सोमबार निर्विरोध निर्वाचित भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस