साउन ३२, बाँके । नेपालगन्ज ०४ स्थित भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको बेबारिसे अबस्थामा रहेको सामान कुर्ता सुरुवाल, लेडिज चप्पल समेत गरि अन्दाजी चार लाख बाइस हजार मुल्य बराबरको सामान फेला पारी प्रहरीले बरामद गरेको हो।
उक्त बरामदका सामान आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको जिल्ला प्रहरी प्रमुख तुल बहादुर कार्कीले जानकारी दिनु भएको छ ।