साउन १, बाँके । सि.आई. बी र राष्ट्रिय अनुसन्धानको डिएसपी हुँ भन्दै ठगी गर्ने एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा, जिल्ला दैलेख नारायण नगरपालिका वडा नं. ५ बस्ने वर्ष ३० को नैन सिंह बि.क रहेका छन् ।

आफू डिएसपी नविन शाही हुँ भनी सर्वसाधारणलाई ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा कोहलपुर ११ एनटिभी रोड स्थितबाट आज पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार, विकले विगत ३ महिना देखी बाँके जिल्लाका विभिन्न सरकारी कार्यालयहरुमा गई आफु सि.आइ.बी. प्रहरीको र राष्ट्रिय अनुसन्धानको डि.एस.पी नविन शाही हुँ भनी अनुगमनको शिलसिलामा आएको हु भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरुलाई भेटने, कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्दै आएका थिए ।
पक्राउ गरी विकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।