माघ २, काठमाडौं । रुसी सेनामा भर्ना भएका थप एक जना नेपालीको मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको हो ।

दूधपोखरी गाउँपालिकाका उपाध्यक्ष क्षेत्रबहादुर गुरुङले उनको मृत्यु भएको जानकारी दिए । मृत्यु भएको खबर आउनुभन्दा पहिला लामो समय साजन सम्पर्कबिहीन भएको बताइएको छ । अहिले सम्पर्क नभएपछि मृत्युको आशंका भएको थियो । पछि मृत्यु भएको पुष्टि भयो ।
अवैध रुपमा रुसी सेनामा भर्ना भएका नेपाली युवाहरूको मृत्यु भएका खबरहरू आइरहेका छन् । १५ जना नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ ।