• २०८३ जेष्ठ ६ गते बुधवार

अवैध सुनसहित भारतीय नागरिक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३१, काठमाडौं । भन्सार छली गरेको सुन जस्तो देखिने पहेंलो धातु सहित भारतीय नागरिक ४१ वर्षीय दिपक जैरामदास घिन्डलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

एयर अरेबियाको उडानद्वारा सार्जाहाबाट काठमाडौं आएका उनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार चेकिङ एरियामा जाँच गर्ने क्रममा ९९ ग्राम ४१ मिलिग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री १ थान, बाला २ थान, मोबाइल ४ थान र ल्यापटप ४ थान सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस