• २०८३ असार १५ गते सोमवार

केपी ओली कपको प्रचार स्वरूप राष्ट्रिय युवा संघ र पाइलटबिच मैत्रीपुर्ण खेल सम्पन्न

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १, काठमाडौं । राष्ट्रिय युवा संघले फागुनमा गर्न लागेको केपी ओली कपको तयारी स्वरुप सोमबार युवा संघले पाइलटसँग मैत्रीपुर्ण खेल खेलेको छ । आज कान्तिपुर फुटसल मन्डिखाटारमा भएको मैत्रीपुर्ण खेलमा युवा संघले पाइलटको टिमलाई ४–३ गोल अन्तरले पराजित गरेको हाे ।

केपी ओली कप आगामी फागुन ११ गतेदेखि २० गतेसम्म काठमाडौँमा हुँदैछ । नकआउट शैलीमा हुने खेल सेमिफाइनलसम्म च्यासल रंगशालामा हुनेछ भने फाइनल खेल दशरथ रंगशालामा हुनेछ । प्रतियोगितामा नेपालका ए डिभिजनसहित विदेशका २ क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ११ लाख रुपैँया र उपविजेताले ५ लाख रुपैँया प्राप्त गर्नेछन् ।

गत वर्ष सम्पन्न भउको केपी ओली कपको पहिलो संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस