• २०८३ जेष्ठ १ गते शुक्रवार

पौडी खेल्ने क्रममा बेपता बालिका मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २८, ताप्लेजुङ। ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीस्थित मैवाखोलामा पौडी खेल्ने क्रममा बेपत्ता एक बालिका आज मृत फेला परेकी छिन् । बेपता भएकी १२ वर्षीया आइतरानी शेर्पा आठराई त्रिवेणी गाउँपालिका–४ ओडारेमा मृत भेटिएकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।

यही असोज १८ गते पौडी खेल्ने क्रममा शेर्पासँगै स्थानीय ११ वर्षीय सन्देश बराइली पनि बेपत्ता भएका थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस