• २०८३ बैशाख ५ गते शनिवार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने छ। संसद् सचिवालयका अनुसार बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले ‘सङ्घीय निजामती सेवा विधेयक २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथि राख्ने विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

त्यसपछि, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ‘सङ्घीय निजामती सेवा विधेयक २०८०’ प्रस्तुत गर्नेछन्। मन्त्री जोशीले नै ‘निर्माणमुखी सामाग्री (व्यवस्थापन तथा नियमन) विधेयक २०८० माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।

साथै, आ.व. २०८१/२०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल प्रारम्भ गरिने महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस