• २०८३ जेष्ठ २९ गते शुक्रवार

विश्व खाद्य मञ्चको बैठकमा भाग लिन कृषि मन्त्री अधिकारी इटाली प्रस्थान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २७, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी विश्व खाद्य मञ्चको बैठकमा भाग लिन इटालीको राजधानी रोम प्रस्थान गर्नुभएको छ । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा हुने मञ्चको बैठकमा भाग लिन मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारीसहितको प्रतिनिधिमण्डल आज इटलीतर्फ प्रस्थान गरेको हाे ।

मञ्चको बैठक भोलिदेखि शुरु हुनेछ । नेपाली प्रतिनिधिमण्डलले खाद्य सुरक्षा र खाद्य स्वच्छताका क्षेत्रमा गरेका कामका विषय मञ्चको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस