• २०८३ साउन १५ गते शुक्रवार

खुकुरी प्रहारबाट कबडियाको हत्या

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

असार २९, बाँके  । बाँकेमा  धारिलो हतियार प्रहारबाट  इरसाद राई कबडियाको हत्या भएको छ । शुक्रबार राती १० बजेतिर टांगा स्टेशन नजिक दुई समूहको बीच झडप हुँदा खुकुरी  प्रहारबाट नेपालगञ्ज  वडा नम्बर ११ का ३८ वर्षीय इरसाद राई कबडियाको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

झगडा मिलाउन गएका कबडियामाथि खुकुरी  प्रहार गरिएपछि कबडियाको उपचारको क्रममा भेरी अस्पतालमा  मृत्यु भएको हो । हतियार प्रहार गर्ने समूहको पहिचान  नखुलेको  भए पनि उक्त समूले प्रयोग गरेको चोरी  मोटरसाइकल फेला परेको जिल्ला  बाँकेका प्रमुख  प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले बताए ।  घटनाबारे अनुसन्धान भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस