असार २९, बाँके । जिल्ला प्रहरी बाँकेले साढे २४ लाख ६२ हजार ३१५ रुपैयाँ सहित हुण्डी कारोबारमा संंलग्न ४ जनालाई नेपालगन्जको बेलासपुरबाट पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी बाँकेको टोलीले नेपालगन्ज-१२ बेलासपुरको नविल रेफ्रिरिजेरेटर एण्ड एयर कण्डिशन वर्कशप नामको एसि, फ्रिज मर्मत गर्ने पसलबाट ४ जनालाई पक्राउ गर्दै २४ लाख ६२ हजार ३१५ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले बताए ।
नेपालगन्ज-१८ का २९ वर्षीय राकेश भुजु श्रेष्ठ, नेपालगन्ज-३ का २५ वर्षीय २५ वर्षीय सोयब कादरी हलवाई, कोहलपुर-७ का २९ वर्षीय निमबहादुर बोहरा र कन्चनपुर नगरपालिका-७ घर भएर हाल नेपालगन्ज-३ बस्ने ३० वर्षीय राहुल देवललाई शुक्रवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले बताए ।